नेपाललाई भुटानविरुद्ध आजको खेल जित्नै पर्ने दबाब

०२ पुस, काठमाडौँ । साफ अण्डर १९ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा आज शुक्रबार भुटानको समाना गर्दैछ ।

बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आज हुने नेपाल र भुटानबिचको खेल साँझ पौने ७ बजेबाट शुरु हुनेछ ।

उपाधिको अब्बल दाबेदारको होडमा आफूलाई फर्काउन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।

नेपाल आज प्रतियोगितामा आफ्नो दोश्रो जितको खोजिमा समेत हुनेछ ।

नेपालले मंसिर २५ गते आयोजक बंगलादेशसँग भएको पहिलो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँढेको थियो ।

यस्तै नेपालले दोश्रो खेलमा मंसिर २९ गते श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गरेको थियो । दुई खेलबाट ४ अंक बटुलेको नेपाल तालिकाको तेश्रो स्थानमा छ ।

यता भुटान पनि आज नेपाललाई हराउँदै दोश्रो जित निकाल्न चाहन्छ । तीन खेल खेलिसकेको भुटानले एक खेल जित्दै दुई खेलमा हार बेहोरेको छ ।

पहिलो खेलमा श्रीलंकालाई ५-० गोल अन्तरले हराएको भुटान दोश्रो खेलमा आयोजक बंगलादेशसँग ६-० र तश्रो खेलमा भारतसँग ३-० ले पराजित भएको थियो ।

तीन अंकसहित भुटान तालिकाको चौंथो स्थानमा छ ।

यस्तै दुई खेलमा लगातार जित हासिल गरेको भारत ६ अंकसहित तालिकाको शिर्ष स्थानमा रहँदा समान खेलबाट चार अंक जोडेको आयोजक बंगलादेश दोश्रो स्थानमा छ ।

तीन खेलमा लगातार हार बेहोरेको श्रीलंका अंक बिहीन रहँदै तालिकाको पुछारमा छ । अंकबिहीन श्रीलंका प्रतियोगिताबाट समेत बाहिरी सकेको छ ।

५ राष्ट्र सम्मिलित प्रतियोगिता अन्तर्गत अब नेपालले चौथा तथा अन्तिम लिग खेल भारतबिरुद्ध पुष ४ गते खेल्नेछ। सिङ्गल राउण्डरोबिनको आधारमा जारी लिगको शिर्ष दुई टोलिले पुष ७ गते उपाधिका लागि फाईनल खेल्नेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BusinesbusinessDeathdigital khabarfootballhealthKathmanduNepali NewsSports NewsWomens Football
Comments (0)
Add Comment