सूर्योदय फाइनलमा

०१ पुस, काठमाडौं । सूर्योदय प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ ।

जोरपाटीको नयाँबस्तरीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा सूर्योदयले विन्समलाई ६८–६१ ले पराजित ग¥यो । सूर्योदयका रोहित दर्लामीले ३० अंक जोडे ।

उपाधिका लागि सूर्योदयले नामीसंग खेल्ने छ । रामेछाप जिल्ला बास्केटबलद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा नामीले लिम्पियालाई ५१–४२ ले हरायो । नामीका जिक्मेले १८ स्कोर गरे । फाइनल शुक्रबार हुने छ ।

मनास्लुद्वारा पलेशा सम्मानित

मनास्लु वल्र्ड कलेजले पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई बिहीबार सम्मान गरेको छ । पलेशाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा खेलकुद क्षेत्रबाट पलेशालाई सम्मान गरेको हो । विभिन्न क्षेत्रमा योगदान पु¥याएवापत अन्य तीन व्यक्तित्वलाई पनि मनास्लुले सम्मान गरियो ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा मनास्लुले आफ्ना विद्यार्थीको सम्मानमा आयोजित स्वागत तथा विदाइ कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो ।

टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेशाले २ खेल जित्दै इतिहास रचेकी थिइन् । बहराइनमा भएको एसियाली पारा युथ गेम्सको तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपको कांस्य विजेता पनि हुन् । गत वर्ष मनास्लुले खेलकुद क्षेत्रबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मान गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, मनास्लुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले पलेशालाई दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सम्मानित हुने अन्यमा शिक्षाविद् कर्णबहादुर शाही, वरिष्ठ पत्रकार जिवराम भण्डारी तथा गायक र सामाजिक अभियन्ता धिरज राई रहेका छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment