एक दिनमा ७ लाख कोरोना संक्रमित थप, ५ लाख निको

७ हजार ५३६ जनाको मृत्यु

०१ पुस, काठमाडौँ । विश्वभर करिब ७ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लोविवरणअनुसार पछिल्लो २४ घण्टामा ६ लाख ९१ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ५ लाख २ हजार ४८३ जना कोरोनामुक्त भएका छन् भने ७ हजार ५३६ जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा एक लाख २६ हजार १८२, बेलायतमा ७८ हजार ६१०, फ्रान्समा ६५ हजार ७१३ र जर्मनीमा ५५ हजार ६५० जना रहेका छन् ।

कोरोनाबाट निको हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै छन् । जहाँ एकै दिनमा ८५ हजार २५२ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी जर्मनीमा ६२ हजार ४००, बेलायतमा ४३ हजार ३९५, रुसमा ३५ हजार ६३३, फ्रान्समा ३३ हजार ३०६ र टर्कीमा २५ हजार २३९ जना रहेका छन् ।

अमेरिकामा पछिल्लो एकै दिनमा एक हजार ४७९ जना संक्रमितको मृत्यु भएको छ । रुसमा एक हजार १४२ जनाको मृत्यु हुँदा जर्मनीमा ५०९, ब्राजिलमा २२७, टर्कीमा १९३, बेलायतमा १६५ र फ्रान्समा १५१ जनाको ज्यान गएको छ ।



मल्टिमिडिया ग्यालरी

businesscovid 19 updateCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment