विन्सम सेमिफाइनलमा

२९ मंसिर, काठमाडौं । विन्सम प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । दोहोरो जित निकाल्दै विन्सम सेमिफाइनलमा पुगेको हो ।


पहिलो खेलमा विन्समले जय मल्टिपल कलेजलाई २८–२५ को साँघुरो अन्तरले पराजित ग¥यो । जितमा सरोज तामाङले २० अंक योगदान गरे । सरोजकै १८ अंक मद्दतमा विन्समले अर्को खेलमा न्यु मिलिनियमलाई ३८–३० ले हरायो ।


नामी पनि सेमिफाइनलमा पुग्न सफल भयो । नामीले न्यु मिलिनियमको चुनौती ५६–४८ ले समाप्त पा¥यो । नामीका जाम्लिङ लामाले १७ स्कोर गरे ।


यससंगै सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा नामीको भेट र लिम्पिया नेसनल कलेजसंग हुने छ । अर्को सेमिफाइनल विन्सम र सूर्योदयबीच हुने छ ।

सिओमद्वारा पाँच लाखको खेल सामाग्री प्रायोजन


सिओम टेबलटेनिस नेपालले नेपाल एपीएम टेबलटेनिस प्रा.लि. लाई ५ लाख रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरेको छ । एपीएफको आयोजनामा बिहीबारदेखि हुने प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताका पदक विजेतालाई प्रोत्साहन स्वरुप खेल सामाग्री प्रदान गर्न सामाग्री दिइएको हो ।
सिओमका प्रबन्ध निर्देशक ज्याकी महर्जनले एपीएमका निर्देशक दानबहादुर महतालाई बुधबार एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण गरे ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्ससहित विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ । सबै स्पर्धाका विजेतालाई प्रोत्साहन स्वरुप खेल सामाग्री पुरस्कारका रुपमा दिइने निर्देशक महताले जनाएका छन् । पुरुष÷महिला सिंगल्समा भने नगद पुरस्कार पनि राखिएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय–२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।


प्रतियोगिताको मुख्य प्रायोजकमा सांग्रिला डेभलोप्मेन्ट बैंक लिमिटेड रहेको छ भने सह–प्रायोजकमा पूर्णशंकर श्रेष्ठ छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफकासहित जम्मा ३ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु भैसेपाटीमा खेलाइने छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment