नेप्से अपडेट: आज शेयर बजार ४.६५ अंकले घटेर २ हजार ४ सय १४.१९ बिन्दुमा

२९ मंसिर, काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेको छ । आज शेयर बजार ४.६५ अंकले घटेर २ हजार ४ सय १४.१९ बिन्दुमा झरेको हो । बजारमा आज १८९ वटा कम्पनीको ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता शेयर कारोबार भएको छ ।
नेप्से सहित सेन्सेटिभ इन्डेक्स पनि घटेको छ ।

९० वटा कम्पनीको शेयरमुल्य बढदा ९२ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने बाँकी ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । बैंक, माइक्रोफइनान्स, होटल एण्ड टुरिजम,लाइफ इन्स्योरेन्स र अन्य कम्पनीको शेयरमूल्य घटेको छ । भने बाँकी सबै कम्पनीको शेयर मुल्य बढेको हो । बजारमा आज महालक्ष्मी विकास बैंकको सर्वाधिक १६ करोड ५५२ लाख कित्ता शेयर कारोबार भएको छ ।

दिव्यश्वरी हाइड्रोपावर, सामलिङ पावर कम्पनी, मल्टीप्रपोस फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, युनियन हाइड्रो, बेष्ट फाइनान्स, बुटवल पावर कम्पनी आदि कम्पनीको शेयरमूल्य बढेको छ ।

आज सर्वाधिक मूल्य घट्ने कम्पनीहरुमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मञ्जुश्री पफाइनान्स, हिमालय जेनेरल इन्स्योरेन्स, युनिभर्सल नेपाल कम्पनी आदि कम्पनीहरु रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment