एभरेष्ट बैंकको साधारण सभा बिहीवार, १०.३२ प्रतिशत लाभांश प्रस्ताव

२९ मंसिर, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २७औं वार्षिक साधारण सभा पुस १ गते बिहीवार हुने भएको छ । बैंकको मंसिर ८ गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंबाट विहान ११ः३० देखि भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।

यस वर्ष बैंकले प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ३२ प्रतिशत नगद लाभांशलाई समेत सभाले अन्तिम रुप दिनेछ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ८९ करोड ३७ लाख १७ हजार छ ।

बोनसपश्चात यो पूँजी रू. ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार पुग्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १७ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १६ गतेसम्म कायम शेयरधनीहरु मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment