मेस्सी भन्छन्, ‘पीएसजी च्याम्पियन्स लिग जित्न चाहन्छ’

२९ मंसिर, काठमाडाैँ । यसपल्टको युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेस्टर युनाइटेडको सामना गर्ने भएको थियो, तर यो ड्र नै रद्द गरियो ।

पीएसजीले अब रियल मड्रिडको सामना गर्नेछ र यो नै त्यस्तो खेल हुनेछ, जसमाथि सबैको नजर हुनेछ । म्यानेस्टरको सामना गर्नु नपरेपछि लियोलन मेस्सीविरुद्ध क्रिस्टियानो रोनाल्डो भिडन्तको सम्भावना पनि टरेको छ ।

तर पनि मेस्सी खुसी छन् र अहिले रियललाई कसरी पन्छाउने हो भनेर योजना बुनिरहेका छन् । च्याम्पियन्स लिगको ड्र निस्केयता उनले पहिलो पल्ट यसबारे बोलेका छन् र भनेका छन्, ‘पीएसजी च्याम्पियन्स लिग जित्न चाहन्छ, हाम्रो उद्देश्य यी हो । खासमा सबैका यस्तै उद्देश्य र इच्छा हुन्छ ।’

उनले थपेका छन्, ‘पीएसजी यसअघि पनि उपाधिको नजिक नजिक पुगिसकेको छ । यो सबै क्लबका लागि सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता हो । हामी फेरि भन्छौं, पीएसजी यसपल्ट यो प्रतियोगिता जित्न चाहन्छ ।’

उनलाई के पनि थाहा छ भने यसका लागि सबैभन्दा ठूलो चुनौती भनेको सबैभन्दा पहिला रियल हराउनु हो ।
खासमा यही काम सबैभन्दा गाह्रो छ ।

दुबाई एक्सोमा आयोजित कार्यक्रममा बोल्ने क्रममा उनले बार्सिलोना छाडेर पीएसजी आएकोबारे पनि बोले । उनका अनुसार यो निर्णय सजिलो थिएन्, तर आवश्यक थियो । सबैभन्दा ठूलो पीएसजीले अहिले राम्रो गरिरहेको छ, त्यसैले पनि मेस्सी धेरै खुसी छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabardigitalkhabarfootballhealthKathmandunepali sports newsSports News
Comments (0)
Add Comment