असुनकाे फाईदा: खाली पेटमा काचो लसुन र पानी खानुको फाइदा

२९ मंसिर, काठमाडौं । लसुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । लसुनमा एन्टिभाइरल, एन्टिब्याक्टेरियल, एन्टिफङ्गल, एन्टिपरासाइटिक हुनुका साथै भिटामिन बी ६, सी, फाइबर र म्याङ्गनीज पनि पाइन्छ । लसुनले धेरै रोगबाट बचाउँछ । पेटको समस्या हटाउँछ । त्यसैगरी, दिनभर पर्याप्त मात्रामा पानी पिउँदा पनि स्वास्थ्यका लागि धेरै फाइदा हुन्छ ।

यी दुई एकसाथ सेवन गर्दा स्वास्थ्यमा हुने फाइदा दोब्बर हुन्छ । बिहान खाली पेटमा लसुनको दुई वटा पोटी खाने कुरा सुन्नु भएको होला तर लसुन खानुको साथमा पानी पिउनुको फाइदा पनि धेरै हुन्छ । लसुन एक धेरै स्वस्थ जडीबुटी हो । रोगहरुबाट टाढा रहन चाहनुहुन्छ भने बिहान एक गिलास पानीमा २ वटा लसुन सुरु गर्नुहोस् । यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

पाचन शक्ति बलियो हुन्छ
खाली पेटमा एक गिलास पानीमा लसुनको दुई पोटी खानाले पाचन प्रक्रिया स्वस्थ रहन्छ । पाचन प्रणालीले आफ्नो काम राम्रोसँग गर्छ । पेटमा राम्रो ब्याक्टेरियाको स्तर कायम रहन्छ । जे खानु हुन्छ, त्यो राम्ररी पच्छ । यसले पेटसँग सम्बन्धित रोगहरू जस्तै पखाला, पेट दुखाइबाट पनि बचाउँछ ।

चिसो, फ्लु बाट बचाउँछ
लसुन यान्टिबायोटिक, एन्टी फंगल गुणले भरिपूर्ण जडीबुटी हो । त्यसैले यसले ब्याक्टेरियाको संक्रमणबाट बचाउन सक्छ । बिहान खाली पेटमा एक गिलास सादा पानीमा लसुनको पोटि खाँदा रुघाखोकी,इन्फेक्सन आदिबाट बच्न सकिन्छ । लसुनमा घाउ वा कुनै पनि संक्रमण छिट्टै निको पार्ने गुण हुन्छ ।

रक्तचाप नियन्त्रण गर्छ
उच्च रक्तचापको समस्या छ भने काँचो लसुन चपाएर बिहान खाली पेटमा पानी पिउनुपर्छ । यसले रक्तचाप नियन्त्रणमा रहन सक्छ । लसुनमा पाइने तत्त्वले प्राकृतिक रुपमा रगतलाई पातलो बनाउँछ । जसले गर्दा शरीरमा रक्तसञ्चार ठिक रहन्छ । कोलेस्ट्रोलको स्तर पनि नियन्त्रणमा रहन्छ ।

हड्डी बलियो हुन्छ
बिहान खाली पेट लसुन खाने र पानी पिउनाले हड्डी स्वस्थ रहन्छ । महिनावारीको दिनमा धेरै पेट दुख्छ भने बिहान खाली पेटमा लसुन खाएपछि पानी पिउनुहोस् । यसो गर्नाले शरीरमा एस्ट्रोजनको स्तर पनि सही रहन्छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarGarlicLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment