सेन्ट्रल जोन भलिबल : महिलामा ६ र पुरुषमा ५ टिमले प्रतिस्पर्धा गर्ने

२७ मंसिर, काठमाडाैँ । बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउने राष्ट्रको टुंगो लागेको छ ।

ढाकामा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाउने नेपाल भलिबल संघले जनाएको छ । पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ नेपाल साविक विजेता हो । पुरुषतर्फ नेपाल समूह चरणबाट बाहिरिएको थियो ।



मल्टिमिडिया ग्यालरी

Badi Pahirobusinessdigital khabarhealthKathmanduNepali NewsRainSports NewsVollyball
Comments (0)
Add Comment