पूर्वडिआईजी खरेलको नेतृत्वमा “नेपाल सुशासन पार्टी” घोषणा

२४ मंसिर, काठमाडौँ । पूर्वप्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वडिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने बताए ।

पूर्वडिआईजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाा पार्टी खोल्न परेको बताए ।
‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौं । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएका छौं । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ । हामी यसरी नयाँ पार्टीको हिसाबले स्थापित हुन बाध्य भयौं,’ पूर्वडिआईजी खरेलले भने, ‘देशमा समृद्धि भएको छैन । राजनीति गर्नेहरुलाई म राजनीतिक पेसाकर्मी भन्छु । हामी पनि राजनीतिकर्मी हुन्छौं । मैले सबै साथीहरुलाई भनेको छु सेवा गर्ने हो, मेवा खाने होइन ।’

उनले राजनीतिमा लागेकाहरु पेसाकर्मी भएर नागरिकहरुलाई वास्ता नगरेको भन्दै आफूले कहिल्यै पनि धोका नदिने प्रतिबद्धता जनाए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPoliticRamesh Khareltechnology
Comments (0)
Add Comment