एकैदिन विश्वभरमा ६ लाख जनामा कोरोना संक्रमण पुष्टि

४ लाख १२ हजार संक्रमणमुक्त, करिब ७ हजारको मृत्यु

२४ मंसिर, काठमाडौँ । विश्वभर एकैदिन करिब ६ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ९८ हजार २०८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ४ लाख १२ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ६ हजार ९७८ जना संक्रमितको मृत्यु भएको छ ।

थपिनेमा अमेरिकामा एक लाख ७ हजार ६९०, फ्रान्समा ५६ हजार ८५४, बेलायतमा ५० हजार ८६७, रुसमा ३० हजार २०९ र टर्कीमा १९ हजार ६९६ जना छन् ।

यसैगरी अमेरिकामा ५० हजार ४६०, बेलायतमा ३७ हजार ७७५, रुसमा ३५ हजार ७९४, टर्कीमा २७ हजार २६३ र फ्रान्समा २१ हजार ८७ जना निको भएका छन् ।

यस्तै रुसमा एक हजार १८१, अमेरिकामा एक हजार ३४, ब्राजिलमा २०६, टर्कीमा १९५, बेलायतमा १४८ र फ्रान्समा १३६ जना संक्रमितको मृत्यु भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCorona UpdatesCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment