एलेक्सा डटकमले आफ्नो सेवा बन्द गर्दै

२४ मंसिर, एजेन्सी । वेबसाइट र्याङ्किङ गर्ने एलेक्सा डटकमले आगामी मे १ देखि आफ्नो सेवा बन्द गर्ने भएको छ।

एलेक्साले आफ्नो होमपेजमा एउटा सूचना राखेको छ जसमा आगामी मे १ २०२२ देखि कम्पनीले हालसम्म दिँदै आएको वेबसाइट र्याङ्किङ तथा विश्लेषण सेवा बन्द गर्न लागेको ब्यहोरा लेखिएको छ।

‘२५ वर्षअघि स्थापना भएको एलेक्सा इन्टरनेटमार्फत २ दशकभन्दा बढी यहाँहरुको डिजिटल अडियन्स पत्ता लगाउने, पहुँच गर्ने र रुपान्तरण गर्ने सेवा दिँदै आएकामा हामीले आगामी सन् २०२२ मे १ देखि बन्द गर्न कठिन निर्णय गरेका छो। हामीलाई यहाँहरुको सामग्री अनुसन्धान, प्रतिस्पर्धात्मक विश्लेषण, किवर्ड सर्चलगायतका सेवाहरुका लागि विश्वास गर्नुभएकोमा आभारी छाै्’, सूचनामा लेखिएको छ।

यसबाट आफ्ना डाटा निकाल्न सकिने विकल्प पनि दिइएको छ। यो वेबसाइट र सेवा पूर्ण रुपमै बन्द गर्न लागिएकाले नयाँ सब्स्क्रिप्शन लिएर वा रकम भुक्तानी गरेर पनि सेवा लिन नसकिने बताइएको छ।

सूचनामा हाल सब्स्क्राइब गरिरहेकाको सेवा पनि मे १ सम्म मात्र रहने र त्यसपछि उपलब्ध नहुने उल्लेख गरिएको छ। हाल भइरहेको सब्सक्रिप्शनको बिल आगामी अप्रिलमा बन्ने र त्यसमा म १ सम्म प्रयोग गरेको रकम उल्लेख हुने पनि बताइएको छ। निशुल्क सेवा लिइरहेकाको हकमा भुक्तानीको कुराले केही फरक पर्ने छैन।

सब्स्क्राइब गरेकाहरुले आफ्नो एलेक्सा एकाउन्ट डिलिट गर्नसक्ने विकल्प र त्यसका लागि जानुपर्ने पेज पनि दिइएको छ।

सन् १९९६ मा स्थापना भएको एलेक्सा इन्टरनेटलाई अमेजनले सन् १९९९ मा २५ करोड डलरमा स्वामित्व ग्रहण गरेको थियो। यसले त्यसैबेलादेखि कम्स्कोर तथा सिमिलरवेबजस्ता अन्य वेब-एनालिटिक्स प्रदायकहरुसँग प्रतिस्पर्धा गर्दै आएङ्को थियो।

कसरी हुन्छ वेबसाइटको र्याङ्किङ?

एलेक्साले कुनै पनि वेबसाइटको र्याङ्क अनुमानित दैनिक नयाँ भिजिटर तथा ३ महिनाभित्र उक्त साइट भिजिटरले गरेका पेज भ्यूलाई मिलाएर निकाल्ने गर्दछ। यो र्याङ्किङ प्रणालीका लागि आवश्यक डाटा उनीहरुको ग्लोबल डाटा प्यानलले उपलब्ध गराएको ट्राफिकका माध्यमबाट लिने गर्दछ।

वेबसाइट र्याङ्किङका क्षेत्रमा विश्वमै चर्चित यो वेबसाइटलाई थुप्रै नेपाली बजार विश्लेषण तथा अनलाइन अनुसन्धान संस्ठाहरुले निकै विश्वसका साथ प्रयोग गर्दै आएका छन्।

अनलाइन समाचार पोर्टल तथा अन्य ई-कमर्स साइटमा पनि विज्ञापनका लागि गुगल एनालिटिक्स भन्दा पनि एलेक्सा र्याङ्किङको डाटा खोज्नेहरु पनि थुप्रै छन्।

नि:शुल्क र स:शुल्क दुवै हिसाबले प्रयोग गर्न मिल्ने यो सेवा बनद भएपछि यसकै डाटा र र्याङ्किङका आधारमा कारोबार गर्नेहरुलाई भने केही हदसम्म समस्या पर्ने देखिन्छ।



मल्टिमिडिया ग्यालरी

AlexaAlexa RankingbusinessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnologyWebsite
Comments (0)
Add Comment