लैङ्गिक हिंसा विरुद्ध अभिमुखिकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

२२ मंसिर, काठमाडौं । चलचित्र बिकास बोर्ड अन्तरगत रहेको महिला शसक्तिकरण समितिको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध अभिमुखिकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

चलचित्रकर्मी महिला शसक्तिकरण समितिले आयोजना गरेको उक्त कार्यक्रमको मुख्य उदेश्य चलचित्रकर्मीहरुका बिचमा हुने गरेको लैंगिक बिभेदका बारेमा चलचित्रकर्मीहरु बाट नै राय संकलन गरि यस चलचित्रकर्मी महिला शसक्तिकरण समितिले वहाँहरुका लागि केकस्ता काम गरि दिए हुन्थ्यो भनी राय संकलन गर्नु नै हो भन्दै कार्यक्रमको सुरुवातमा शसक्तिकरण समिति कि संयोजक भगवती कुमारी मैनाली उप्रेती (भिमा)ले अतिथिलाई स्वागत गर्दै आफ्नो शसक्तिकरण समितिका सदस्यहरुको परिचय गराउनु भएको थियो। वहाँले अनौपचारिक रुपमा यसरी राय संकलन गर्ने कार्य यो मंसिर महिना भरी नै चल्ने छ। समितिको सदस्यहरुमा नायिका तथा निर्माता केकि अधिकारी,चलचित्रकर्मी गिता नेपाल,सरस्वती घिमिरे,जया ओझा र चलचित्र बिकास बोर्डको कर्मचारीको तर्फबाट सदस्य सचिब निता बिम्ब रहेका छन्।

माइती नेपालकी संस्थापक अध्यक्ष समाजसेवी अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बिकास बोर्डका अध्यक्ष दायाराम दाहाल,अधिवक्ता तारा कुमार श्रेष्ठ,अधिवक्ता एवम् मनोबिश्लेषक नानी थापा,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का,वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,प्राध्यापक डा. बिष्णु दाहाल,वरिष्ठ कलाकार मोहन निरौला,लय संग्रौला,पशुपति बिकास कोषका अध्यक्ष डा.घनश्याम खतिवडा,नेपाल फिल्म कलेजका शिशिर उप्रेती, कलाकार रश्मी भट्ट,गायिका शुष्मा कार्की,कलाकार एवम् संचारकर्मी बसन्त राज रिजाल लागएतको उपस्थिति रहेकोको कार्यक्रममा महिला शसक्तिकरण समितिको पुर्व संयोजक एवम् नेपाल टेलिभिजनको बोर्ड सदस्य सवनम मुखियाले कार्यक्रमको सभापतित्व गरेकी थिइन भने महिला शसक्तिकरण समितिको संयोजक भिमा कुमारी मैनालीले सहजकर्ताको भुमिका निर्वाह गरेकी थिइन् ।

कार्यक्रमको सुरुवातीमा अभिमुखिकरण तथा अन्तक्रिया कार्यक्रम बारे बोल्दै चलचित्र बिकास बोर्डको अध्यक्ष दयाराम दाहालले नेपाली समाज संगै हाम्रो चलचित्र क्षेत्रमा हुने लैङ्गिक
विभेद बारे खुलेर बोल्न जरुरी रहेको र समाजमा महिला मात्र नभई पुरुष पनि लैङ्गिक बिभेदमा परेका छन् ।यस लाई न्यूनीकरण गर्नको निम्ति हामी को कहाँ बाट कसरी सक्छौ अग्रसर भएर काम गरे समुन्नत सामाजको निर्माणमा सहयोग पुग्नेमा जोड दिएका थिए।

उक्त कार्यक्रमका प्रमुख अतिथि माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले हामीले कार्यक्रम मात्र गरेर हुँदैन कर्म गर्नु पर्छ,मैले आज सम्म जे गरे परिणाम मुखी गरे।अहिले हाम्रो देशमा पराई बाट नभई आफन्त बाट नै बिभेद र शोषण भएको छ। मैले मेरो पहलमा हाल सम्म चालीस हजार जना चेलीबेटीको उद्दार गरिसकेको छु । आज भोलि चलचित्र क्षेत्र भित्रको हिंसा पनि प्रहरीकोमा पुग्नु अगाडि धेरै जसो केश म भएको ठाँउमा आइपुग्छ।मैले यस क्षेत्रको धेरै जसो मुद्दा लाई कानुनी उपचार तिर लगेको छु मेरो पहलमा। हामीले हिंसा लाई लुकाउने भन्दा खुलेर बोल्न सके मात्र हाम्रो अभियान सफल हुने बिचार व्यक्त गरेकि थिइन् ।

आयोजित कार्यक्रममा विशेष अतिथि प्रतिनिधिसभा सदस्य माननीय नवराज सिलवालले मन्तव्यको क्रममा अहिले हुने लैंगिक हिंसा गरिबी र अशिक्षाका कारण मात्र नभई विकासशील देशमा पनि उत्तिकै रहेको र अझ कोभीड १९ र लकडाउनको समयमा परिवार भित्र नै लैंगिक हिंसाको घटनाहरु बढेको थियो। हामीले जत्तिनै महिला शसक्तिकरणको कुरा गरे पनि जब सम्म महिलाहरु आफैमा आर्थिक रूपमा सम्पन्न र शिक्षित हुँदैन्न तब सम्म महिला शसक्तिकरण हुनै नसक्ने भएकोले हरेक परिवारका महिलाहरु पुरुष झै केही न केहि पेशा व्यवसायमा लागेर आफु सक्षम भए लैंगिक हिंसा घटने कुरा सुझाएका थिए।

कार्यक्रमको दोस्रो सेसनमा फ्लोर ओपन गरेर उपस्थित अतिथिहरुले आआफ्नो बिचार प्रस्तुत गरेका थिए। लैंगिक हिंसाको विषयमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,प्राध्यापक एवम् राजनीतिक बिद डा.बिष्णु दाहाल,अधिवक्ता नानी थापा, अधिवक्ता तारा कुमार श्रेष्ठ र नायिका केकि अधिकारीले न्यायिक समितिको भूमिका र अहिलेको समाजमा घटने घटनाहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रम समापन महिला शसक्तिकरण समिति का संयोजक भगवती कुमारी मैनाली उप्रेती (भिमा)ले गरेकी थिइन् ।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarhealthLangik HinshaLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment