नेपालमा होण्डाको नयाँ एमेज २०२१

९ मंसिर, काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डाको नयाँ एमेज २०२१ लन्च गरेकोे छ । कम्पनीले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरस्का साथ होण्डाको एमेजलाई नेपाली बजारमा भित्र्याएको जनाएको छ ।

नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्पका साथमा नयाँ एड्भान्स फ्रन्ट फग याम्पले सबैको ध्यान आकर्षण गर्नेछ । यस कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक आर–१५ एलोए व्हीलस् हो । त्यसै गरी यस एमेज २०२१ मा गाइडलाइन सहितको रियर मल्टीभियू क्यामेरा रहेको छ र यस कारले सुरक्षाका लागि एनसिएपीबाट ४ स्टार सेफ्टी रेटिङ्ग समेत प्राप्त गरेको छ । यसका साथै यस कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड गियरबक्स् रहेको छ ।

यस कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ । अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम, कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल जस्ता यस कारका अन्य विशेषताहरु समेत रहेको कम्पनीले जनाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNews
Comments (0)
Add Comment