राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले रङ्गिएको भृकृटीमण्डप

१७ मंसिर, काठमाडौं। नेपालीको राजनैतिक पार्टीहरुको राजनैतिक गतिविधी तातिरहेको छ । नेकपा एमालेको महाधिवेशन सकिए संगै अन्य राजनैतिक दलहरुपनि महाधिवेशनको चटारोमा लागि परेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको रसाकस्सीमा लागिपरेको छ ।

कतै उम्मेदवारीको घोषणा हुदै छ भने कतै उम्मेदवारीपछि निर्वाचनको प्रक्रियामा रहे‍का छन् । अहिले काठमाडौं स्थित भृकृटीमण्डप राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले रङ्गिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराइसकेका छन् । भनेअभिनेत्री एवम् राप्रपा महामन्त्री पदकी आकांक्षी रेखा थापाले पनि मनोनयन दर्ता गरेकी छन् ।

भृकुटीमण्डप क्षेत्रमा उम्मेदवारहरुले प्रतिनिधिहरुसँग मत मागिरहेको छन् । यस्तै, भृकुटीमण्डप क्षेत्र वरिपरि उम्मेदवारको लागि मत माग्दै ब्यानरहरु टांगिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले रङ्गिएको भृकृटीमण्डपको श्रव्य दृश्य

यही राजनैतिक माहोलको बारेमा हाम्रा सहकर्मी सरोज राईको लेन्सबाट कैद गरिएको तस्वीरहरु :



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment