एजेन्सी – आयोजक ब्राजिलले चार देशीय महिला फुटबल सिरिजको उपाधि जितेको छ । साविक विजेता चिलीलाई २–० ले पराजित गर्दै ब्राजिलले उपाधि जितेको हो ।

१६ मंसिर, काठमाडाैँ । ब्राजिलको जितमा केरोलिन र जियोले गोल गरिन् । खेलको ५०औं मिनेटमा केरोलिनले गोल गर्दै ब्राजिलाई सुरुवाती अग्रता दिलाइन् । ८४औं मिनेटमा जियोले गोल गर्दै ब्राजिललाई जितसहित उपाधि दिलाइन् । ब्राजिलकी केरोलिन चार गोलसहित सर्वाधिक गोलकर्ता बनिन् ।

ब्राजिलले आफ्नो सबै तीन खेलमा जित हात पार्दै ९ अंक जोड्यो । चिली दुई जितसहित ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो । भेनेजुएला ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा भारत अंकविहीन हुदै पुछारमा रह्यो ।

२५ नोभेम्वरदेखि १ डिसेम्वरसम्म ब्राजिलमा भएको चार देशीय अन्तर्राष्ट्रिय सिरिजमा दुई महादेशबाट आयोजक ब्राजिलसहित चिली, भेनेजुएला र भारत गरी चार राष्ट्रको सहभागिता रहेको थियो । १०औं संस्करण सम्पन्न हुदा ब्राजिल आठौंपटक च्याम्पियन बनेको हो । दोस्रो संस्करणमा क्यानडा र नवौं संस्करणमा चिली च्याम्पियन बनेको थियो ।

भारतले एएफसी वुमन्स एसिया कप २०२२ को तयारीका लागि यो चार देशीय सिरिजमा सहभागिता जनाएको थियो । भारतले तीन खेल खेल्दा जित हात पार्न नसकेपनि सिरिजमा ब्राजिल र भेनेजुएलाविरुद्ध गोल गर्न सफल भयो । भारतले सिरिजमा ११ गोल बेहोर्दा दुई गोल गर्न सफल भयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabarfootballhealthKathmanduNepali NewsSports News
Comments (0)
Add Comment