एनसीसी बैंकको ८ प्रतिशत बोनश शेयर घोषणा

१५ मंसिर, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स ‘एनसीसी’ बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ । मंसिर १४ गते मंगलबार अपरान्ह साढे तीन बसेको सञ्चालक समितिको बैठकले हालको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँको ८ प्रतिशतका दरले बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश सहित ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित ८२ करोड ५१ लाख रुपैयाँको बोनश शेयर वितरण पछि बैंकको चुक्ता पूँजी ११ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सक्ने छ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि बल्ल शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

bankingbusinessDeathdigital khabarhealthKathmanduNepali News
Comments (0)
Add Comment