एमाले महाधिवेशन : मतगणना १ बजेबाट, ४ बजे परिणाम आउने

१४ म्नेसिर, चितवन । कपा एमालेको सौराहामा जारी महाधिवेशनमा आज भएको मतदानको मतगणना दिउँसो १ बजेबाट हुने भएको छ ।
विहान ४ बजेबाट मतदान भएकोमा ११:१५ बजे सकिएको थियो ।

अहिले मुचुल्का उठाउने अन्य व्यवस्थापनको कार्य र खाना खाने समय भएकाले १ बजेबाट मात्र गणनाको काम हुने निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिनुभयो ।

कुल दुई हजार १५३ जना प्रतिनिधि मतदाता रहेकोमा दुई हजार ९६ जनाले मत हालेको निर्वाचन आयोगका संयोजक विजय सुब्बाले जानकारी दिनुभयो । लालबाबु पण्डितसहित ५७ जनाले मत नहाल्नुभएकाे बताइएकाे छ । मत नहाल्ने प्रतिनिधिको बारेमा पार्टीले रेकर्ड राख्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयाे ।

अध्यक्षमा दुई, उपाध्यक्षमा ६ पदका लागि सातजना, सचिवमा ७ पदका लागि ९ जनाले उमेद्वारी दिएका छन् । केही सदस्य पदका लागि पनि मतदान भएको हो । निर्वाचन आयोगका अनुसार अबको दुईदेखि तीन घण्टापछि परिणाम आउनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessDeathdigital khabarhealthKathmanduNepali NewsPolitic
Comments (0)
Add Comment