विन्टर क्याम्प बुधबारदेखि

१४ मंसिर, काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा विन्टर क्याम्प टेबलटेनिस प्रशिक्षण बुधबारदेखि सुरु हुने छ ।


प्रशिक्षणमा करिब ४० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष धम्रमान वज्राचार्यले जनाएका छन् । सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत तथा स्वयंसेवक प्रशिक्षकले प्रशिक्षण दिने छन् ।


पुस १४ गतेसम्म चल्ने प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ । प्रशिक्षण साँझ ५ देखि ७ बजेसम्म चल्ने छ ।

गुरुङ स्पोर्ट्स हाउस कप मंगलबारदेखि


गुरुङ स्पोर्ट्स हाउसको आयोजनमा सञ्चालन हुने प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता मंगलबार सुरु हदै छ । पाँचदिने प्रतियोगिताम ा१६ टोलीको सहभागितानिश्चत भइ सकेको आयोजक टोलीका संयोजक विकास गुरुङले जानकारी दिए ।
पन्ध्र लाख रुपैया लागत रहेको प्रतियोगितामा ४० वर्ष भन्दामाथिको खेलाडीहरुको सहभागिता रहेको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक गुरुङ स्पोर्ट्स हाउसका अध्यक्ष नबीन गुरुङले प्रतियोगिताले नेपाली भलीबल खेलाडीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउन सहयोग गर्ने वताए । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छ । यसैगरी, उपविजयी टोलीले ६१ हजार १सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् ।


प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने छ । एक टोलीमा पाँच खेलाडी समाबेश हुन् छन् । चार खेलाडी मैदानमा ृपस्थितहुने छन् । प्रतियोगिताको आयोजनामा हङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबका अध्यक्ष बासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हाल जापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्य भुमिका रहेको छ ।


पत्रकार सम्मेलनमा नेपाल भलीबल संघका कार्यबाहक अध्यक्ष यम गुरुङ, उपध्यक्ष निरोज मास्के, सचिव मनबीर छन्त्याल, सदस्य राजकुमार गुरुङ, रिता कोइराला, श्रीराम बोगटी र टेक बहादुर राज भण्डारीको उपस्थिती थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment