वेस्टइन्डिजमाथि श्रीलंकाको फराकिलो जित

०९ मंसिर, एजेन्सी । कप्तान दिमुथ करुणारत्नेको उत्कृष्ट ब्याटिङको सहयोगमा श्रीलंकाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजलाई १ सय ८७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । दुई टेस्ट खेलको सिरिजमा घरेलु टोली श्रीलंकाले १–० को अग्रता लिएको छ ।जितको लागि ३ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज दोस्रो इनिङमा ७९ ओभरमा १ सय ६० रनमा अल आउट भएपछि श्रीलंकाले फराकिलो जित हात पारेको छ । वेस्टइन्डिजलाई नक्रुमाह बोनर २ सय २० बलमा ७ चौकासहित सर्वाधिक ६८ रनमा अविजित रहे । विकेटकिपर जोशुवा डि सिल्भा ५४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंकाका स्पिनर लासिथ एम्बुल्डेनियाले सर्वाधिक ५ विकेट लिए । रमेश मेन्डिसले ४ विकेट लिए ।

पहिलो इनिङमा १ सय ५६ रनको अग्रता लिएको श्रीलंकाले दोस्रो इनिङमा १९१/४ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । श्रीलंका कप्तान दिमुथ करुणारत्नेले १ सय ४ बलमा ९ चौका सहित सर्वाधिक ८३ रन बनाए । एन्जिलो म्याथ्युज ८४ बलमा ६ चौका र २ छक्का सहित ६९ रनमा अविजित थिए । वेस्टइन्डिजका रेहकम कर्नवाल र जमेन वारिकनले २–२ विकेट लिए ।

पहिलो इनिङमा वेस्टइन्डिज २ सय ३० रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका कप्तान कार्लोस व्रेथवेट ४१, काइल मेयर्स ४५, जेसन होल्डर ३६ र कर्नवालले ३९ रन बनाए । श्रीलंका प्रविन जयविक्रमाले ४ र रमेश मेन्डिसले ३ विकेट लिए ।

गालेमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका पहिलो इनिङमा ३ सय ८६ रनमा अल आउट भएको थियो । श्रीलंकाका कप्तान करुणारत्नेले ३ सय बलम १५ चौका सहित १ सय ४७ रनको शतकीय इनिङ खेलेका थिए । पाथुम निसांका ५६, धनन्जय डि सिल्भा ६१ र दीनेश चान्डिमलले ४५ रन बनाए । वेस्टइन्डिजका रोश्टन चेशले सर्वाधिक ५ विकेट लिए । वारिकनले ३ र शेनन ग्रेबियलले २ विकेट लिए । दोस्रो टेस्ट नोभेम्बर २९ देखि सुरुहुनेछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment