राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डीको निधन

०८ मंसिर, माठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको बुधबार बिहान निधन भएको छ ।

नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका टेण्डीको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । टेण्डीको बौद्धस्थित गुम्बामा अन्तिम संस्कार गरिनेछ ।

पछिल्लो दुई वर्षदेखि नसासम्बन्धी रोगबाट थलिएका टेण्डी उपचारका क्रममा विशालनगरस्थित केयर होममा थिए । उनको त्यहीँ निधन भएको थापाले जानकारी दिए । त्यसअघि टेण्डीलाई उपचारका लागि भारत र अमेरिका समेत लगिएको थियो ।

शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव थिए भने अमृत साइन्स क्याम्पसका पूर्व स्ववियु सभापतिसमेत थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Deathdigital khabarhealthKathmandulama denti sherpaNepali NewsNewssports
Comments (0)
Add Comment