रत्नेचौर खानेपानी आयोजना अलपत्र

०७ मङ्सिर, म्याग्दी । कालीगण्डकीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–१ का घरघरमा खानेपानी सुविधा पु¥याउने उद्देश्यले सुरु भएको रत्नेचौर लिफ्ट खानेपानी आयोजना अलपत्र परेको छ ।

करिब रु सात करोडको खानेपानी आयोजनाले ठेक्का सम्झौता भएको १६ महिनासम्म पनि गति लिन नसकेको हो । सम्बद्ध कार्यालयको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीले प्रारम्भिक चरणको काम पनि हुन नसकेको बेनी नगरपालिका–१ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

निर्माण व्यवसायीले गर्नेबाहेकका श्रमदानबाट गर्नुपर्ने काम गर्न उपभोक्ता बनाएका थियौँ,” उहाँले भन्नुभयो, “गत वर्ष काम हुन सकेन । यो वर्ष नाला खन्नेपुर्ने कामका लागि उपभोक्ता तयार छन् । छिटो काम अघि बढाउन निर्माण व्यवसायी र कार्यालयलाई ताकेता गरेका छौँ ।”

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी र प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ साल असार २४ गते रु दुई करोड ७५ लाख ३६ हजार ५०६ मा ठेक्का सम्झौता भएको थियो । कूल रु ६ करोड ७६ लाख लागत अनुमान गरिएको आयोजनाको उपभोक्ता समितिले गर्नुपर्नेबाहेकका संरचना बनाउन ठेक्का लगाइएको हो ।

विसं २०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, सङ्कलन, रिजर्भ र वितरण ट््याङ्कीलगायत संरचना निर्माण गरिसक्ने सम्झौता भएको आयोजनाको हालसम्म एउटा रिजर्भ ट््याङ्की पनि निर्माण पूरा भएको छैन । आधा काम भएको रिजर्भ ट््याङ्कीका संरचना पनि जीर्ण बनेका छन् । निर्माण कम्पनीका सञ्चालक र कार्यालयका प्रमुखबीचको असमझदारीले आयोजना प्रभावित बनेको वडाध्यक्ष रावलको गुनासो छ ।

विसं २०७७ माघ ११ गते सांसद भूपेन्द्रबहादुर थापाले आयोजनाको शिलान्यास गर्नुभएको थियो । सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ । ३० हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेन्ड ४.७ लिटर पानी ४५० मिटर माथि सालघारीमा निर्माण हुने ११५ क्युबिक क्षमताको ट््याङ्कीमा खसालेर घरघरमा धारा जडान गरेर वितरण गरिने भएको छ ।

घरघरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको वितरण लाइनको कूल दूरी १८.७ किलोमिटर छ । निर्माण कम्पनीका सहायक ठेकेदार होमनाथ सापकोटाले कोरोनाको जोखिम, निषेधाज्ञा र बर्खाका कारण रोकिएको कामलाई तीव्रता दिने बताउनुभयो । “कार्यालयसँगको असमझदारी हटेको छ,” उहाँले भन्नुभयो, “काम सुचारु गर्ने तयारीमा छौँ । अब तीव्रताका साथै संरचना बनाउँछौँ ।”

रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन सकेको छैन । आयोजना निर्माणमा भएको ढिलाइले खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निराश बनेका स्थानीयवासी कृष्ण बोगटीले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthKathmanduKhanapaniNepali NewsRain
Comments (0)
Add Comment