स्पेनिस मिडफिल्डर पेड्रीलाई गोल्डेन ब्वाई अवार्ड

०७ मंसीर, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार पेड्रीले गोल्डेन ब्वाई अवार्ड जितेका छन् ।

युरोपियन क्लब फुटबलमा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै पेड्रीले गोल्डेन ब्वाई अवार्ड जितेका हुन् ।

अवार्ड जित्ने क्रममा १८ वर्षीय मिडफिल्डर पेड्रीले बोरुसिया डर्टमण्ड तथा इंग्ल्याण्डका जुड बेलिङघमलाई पछि पारे ।

स्पेनिस मिडफिल्डर पेड्री २०२० मा बार्सिलोना आएका थिए । उनले गत सिजन बार्सिलोनाका लागि ५३ खेल खेलेका थिए ।

 थाई इन्जुरीको  कारण उनले सेप्टेम्बरपछि भने खेलेका छैनन् ।

पेड्रीले स्पेनबाट युरोकप खेलेका थिए । यस्तै ओलम्पिकमा रजत जित्दा उनी स्पेनिस टिममा रहेका थिए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarfootballhealthLockdownnepalNewsPedriPolitictechnology
Comments (0)
Add Comment