टिमुरेमा सिसी क्यामरा जडान गरी सीमावर्ती क्षेत्रमा गतिविधिमाथि निगरानी

०६ मंसिर, रसुवा । नेपाल–चीनबीचको व्यापारिक नाका टिमुरेमा सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन यहाँस्थित नेपाल प्रहरीले  सिसी क्यामरा जडान गरेको छ ।

नेपाल–चीनबीचको व्यापारिक कारोबारका लागि पछिल्लो सयम सो स्थानमा आवत जावत बढ्न थालेको छ । यसलाई निगरानी राख्न क्यामरा जडान भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले टिमुरे क्षेत्रमा पिटिजेड नामक दुई वटा सिसी क्यामरा जडान भइसकेको जानकारी दिए। उनले भने “ सिसी क्यामराले सुरक्षाका निगरानीमा थप मद्दत पुगेको छ । सीमावर्ती क्षेत्रमा गतिविधिलाई कन्ट्रोल कक्षबाट निगरानी गर्न थालिएको छ । ”

क्यामरा जडानका लागि टिमुरेमा सञ्चालित विभिन्न नौ बैंक संस्था र सुक्खा बन्दरगाह निर्माणमा कार्यरत चीनस्थित तिब्बती फुली कन्ट्रक्सन प्रालिले सहयोग गरेको प्रहरीले जनाएको छ ।

यस्तै दुईदेशका सिमानामा पर्ने रसुवागढी क्षेत्रमा पनि सिसी क्यामरा जडान गरिएको छ । रसुवागढी तथा टिमुरे क्षेत्रको सुरक्षा व्यवस्था मजबुत पार्न र चोरी निकासी नियन्त्रण गर्न प्रहरी प्रमुखले गरेका प्रयास प्रशंसनीय भएको स्थानीय समाजसेवी सुनाऔदी तामाङले बताए ।

यस्तै प्रहरीले स्याफ्रुबेँसी, धुञ्चे, कालिकास्थान र बेत्रावतीका क्षेत्रमा समेत सिसीटिभी जडान गर्ने कार्य सम्पन्न गरिसकेको छ । बेत्रावतीदेखि रसुवागढीसम्म २९ वटा सिसी क्यामरा जडान भएकोसमेत प्रहरी प्रमुख पाण्डेले जानकारी दिए।

स्थानीय प्रशासनको समन्वयमा प्रहरीले गरेका सबै कार्य प्रशंसनीय भएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarnepalNewsPoliticrasuwa
Comments (0)
Add Comment