तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा न्युजिल्याण्डलाई भारतले ७३ रनले हराएको छ

०६ मंसीर, काठमाडौँ । न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा भारतले क्लिन स्विप गरेको छ ।

घरेलु मैदान कोलकत्तामा आइतबार भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा न्युजिल्याण्डलाई भारतले ७३ रनले हराएको हो ।

भारतका लागि कप्तान रोहित शेर्माले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । दिपक चाहरले अविजित २१ रन, इशान किसनले २९, श्रेयस एयरले २५ तथा भेन्कातेस आयरले २० रन बनाए ।

भारतले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १७ ओभर २ बलमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो ।

यससँगै भारतले सिरिज ३-० ले आफ्नो बनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Cricketdigital khabarhealthIndiaLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment