पहिलो टी-२० मा भारतले न्युजिल्यान्डलाई हरायो

०२ मङ्सिर, काठमाडौँ । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रियमा खेलमा न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।टी-२० विश्वकपमा खराब प्रदर्शन गरेपछि पहिलो पटक सिरिज खेलेको भारतले रोमाञ्चक जित हात पारेको हो ।

नयाँ प्रशिक्षक राहुल द्रविड र कप्तान रोहित शर्माको जोडीले पनि सुखद सुरुआत गरेका छन् ।जयपुरमा न्युजिल्याण्डले दिएको १६५ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

जितपछि तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।भारतको जितमा सूर्यकुमार यादवले सर्वाधिक ६२ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ४८ रन जोडे । ऋषव पन्त १७ रनमा अविजित रहे ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए । टिम साउथी, डारेल मिचेल र मिचेल सान्टनरले एक/एक विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतक बनाए । ओपनर गुप्टिलले सर्वाधिक ७० रन बनाउँदा मार्क चापमानले ६३ रन जोडे ।भारतका भुवनेश्वर कुमार रविचन्द्रन आश्विनले दुई/दुई तथा दीपक चाहर र मोहम्मद सिरिजले समान एक/एक विकेट लिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19CricketDeathhealthKathmanduRainSports News
Comments (0)
Add Comment