सबैभन्दा धेरै आयकर तिर्ने नबिल बैंक सम्मानित

आर्थिक वर्ष २०७६/२०७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई

आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो ।

विभागले मंसिर १ गते कर दिवसको अवसर पारेर बैंकहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको हो।

नबिल बेंक पछिल्लो १० वर्षमा छैटौं पटक उच्च कर भुक्तानी गर्ने बैंक भएको छ।

बैकले व्यापार प्रबर्धन, रोजगारी सिर्जना र कर भुक्तानी मार्फत समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई

योगदान पु¥याएकोमा गर्व महशुस भएको बताएको छ। नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैया कर बुझाएको जानकारी दिएको छ। जुन बैंकको कुल पुँजीको १ दशलमव १६ गुणा बढी हो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarLockdownnepalPolitictechnology
Comments (0)
Add Comment