रुपन्देहीको रोहिणीमा युवकको अपहरण

०१ मंसिर, बुटवल । रुपन्देहीको दक्षिणी सीमावर्ती क्षेत्रमा एक युवकको अपहरण भएको छ । रोहिणी गाउँपालिका-२ मैनिहवाका २१ बर्षीय अनिल कहारलाई भारतमा बस्ने ४ जनाले अपहरण गरेको परिवारको दाबी छ ।

भारततर्फका सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरेर अनिललाई दशगजामा बोलाएको र त्यहाँबाट मोटरसाइकलमा भारततर्फ नै लगेको अनिलकी आमा सुधा कहारले बताइन् ।

आफ्नो छोरालाई बुधबार साँझ करिब साढे ६ बजे सञ्जय यादवको समूहले अपहरण गरी लगेको बताएकी छन् । अपहरणमा संलग्नहरुको दोहोरो नागरिकता रहेको स्थानीयको दावी छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले भने कहारलाई नेपालबाट नभई भारतबाट नै नियन्त्रणमा लिएको बुझिएको बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCovid-19crimeDeathdigital khabarhealthKathmanduNepali NewsRain
Comments (0)
Add Comment