पाकिस्तानसँगको हारपछि कोहलीकी छोरीलाई बलात्कारको धम्की, युवक पक्राउ

२५ कात्तिक, एजेन्सी । भारतीय टी-२० क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का शर्माको छोरीलाई बलात्कारको धम्की दिने एक व्यक्तिलाई प्रहरीले हैदराबादबाट पक्राउ गरेको छ । २३ वर्षीय आरोपीलाई मुम्बई प्रहरीको साइबर सेलले बुधबार पक्राउ गरेको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार पक्राउ पर्ने व्यक्तको नाम रामनागेश अकुबाथिनी हो । उनले आईआईटी हैदराबादबाट बिटेक गरेका छन् र पेसाले इन्जिनियर छन् । केही समयअघि उनी फुड डेलिभरी एपका लागि काम गर्थे ।

भारत टी२० विश्वकपबाट बाहिर भइसकेको छ । पहिलो खेलमा पाकिस्तानसँग हारेको भारत दोस्रो खेलमा न्युजिल्याण्डसँग पनि पराजित भएको थियो । यसपछि कोहली र बाँकी टोली आलोचकको निशानामा आएका थिए । सामाजिक सञ्जालमा केही व्यक्तिहरूले विरोधको सीमा पार गर्दै खेलाडीको परिवारलाई पनि निशाना बनाउन सुरु गरेका थिए । गत २४ अक्टोबरमा भारत पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो । त्यसपछि एक सामाजिक सञ्जालमा विराट कोहलीको छोरी वामिकालाई अपशब्दको प्रयोग गर्दै बलात्कारको धम्की दिइएको थियो । आरोपीले यसबारे ट्वीट गरेर पछि डिलिट गरेका थिए ।

खेलाडीको परिवारलाई निशाना बनाइएको यो पहिलो अवसर भने होइन । यसअघि आईपीएलमा असफल भएपछि महेन्द्र सिंह धोनीकी पत्नी साक्षीको इन्सटाग्राममा उनकी ५ वर्षको छोरीलाई बलात्कार गर्ने धम्की दिइएको थियो । यस मामिलामा ११ कक्षामा पढ्ने एक १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19LockdownPolitictechnology
Comments (0)
Add Comment