स्याङ्जा सहयोग समाज पोर्चुगलको अध्यक्षमा अर्याल

२२ कात्तिक, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको तेस्रो अधिवेशनले अर्जुन अर्यालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । लिस्बनमा सम्पन्न अधिवेशनले अर्याललाई दुई वर्षका लागि अध्यक्ष चयन गरेको हो ।

समाजको उपाध्यक्षमा रेखा रेग्मी, विशाल पराजुली र देवी डोटेल, महासचिवमा क्षितिज गौचन, सचिवमा सन्तोष सुवेदी र गणेश गैरे तथा कोषाध्यक्षमा ऋषि सुवेदीलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा तुल गुरुङ, ज्ञानप्रसाद तिवारी, यज्ञप्रसाद डुम्रे, सुदन काफ्ले, पदम कुंवर, लक्ष्मण काफ्ले, अमर दर्लामी मगर, अनु अधिकारी, राजु मानन्धर, सुदिप थापा, धर्मगत चापागाईं, कृष्ण सेन र विश्वास राना चयन हुनुभएको छ ।

यस्तै समाजले चार सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकारमा विमल गौतम, विपिन अर्याल, आकाश किरण श्रेष्ठ र राजेन्द्रप्रसाद डुम्रेलाई चयन गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment