राष्ट्र बैंक ६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्दै

२१ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमवार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको हो । बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल माघ २५ गते परिपक्व हुनेछ ।

यसैगरी १८२ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरिने छ ।उक्त ट्रेजरी बिल भने २०७९ साल वैशाख २७ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल सोमवार दिउँसो २ बजे बोलकबोल भएर मंगलवार विक्री हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsNRBPolitictechnology
Comments (0)
Add Comment