टी–ट्वान्टी विश्वकपमा भारतको पहिलो जित, द्रविड बने भारतीय टिमको नयाँ प्रशिक्षक

१८ कार्तिक, एजेन्सी । टी–२० विश्वकप क्रिकेटको महत्वपूर्ण खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने आशा जीवित राखेको छ ।

यस प्रतियोगितामा भारतले अहिलेसम्म पाकिस्तान र न्युजिल्याण्डसँगको खेलमा हार बेहोरेको छ । यस्तो अवस्थामा यो खेल जित्नु भारतका लागि निकै महत्वपूर्ण थियो । पहिले ब्याटिङ गरेको भारतले दुई विकेट गुमाएर २१० रन बनाएको थियो भने अफगानिस्तानलाई २ सय ११ रनको लक्ष्य दिएको थियो ।

जवाफमा अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सकेको थियो । भारत सुपर १२ को समूह २ मा छ । यस समूहबाट पाकिस्तान यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

भारतले स्कटल्याण्ड र नामिबियासँग थप सामना गर्नुपर्नेछ। यदि भारतले यी टोलीहरू विरुद्ध राम्रो रन रेटका साथ जित्यो भने भारतको सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्न सक्छ।



मल्टिमिडिया ग्यालरी

AfghanistanbusinessCoronavirusCovid-19Cricketdigital khabarIndiaLockdownnepalNewsPoliticT20technology
Comments (0)
Add Comment