काग पूजा कुन वेला गर्ने र कुकुर पूजाको महत्व!

१७ कात्तिक, काठमाडौं । मिति २०७८ साल कार्तिक१७ गते बुधबार कार्तिककृष्णपक्ष त्रयोदशी तिथी प्रात: ७ / १४ बजेसम्म भएकोले यो बेला सम्म काग पूजा गरी सक्ने त्यस उप्रान्त चतुर्दशी तिथी आरम्भ भएकोले कुकुरको पूजा गर्नु पर्दछ।

अव काग र कुकुरको महत्व!

यो दिन काग तिहार यमराजको दुतको सन्देस बाहक रुपमा कागको पूजा गर्ने चलन छ।हाम्रो धर्ममा काग ,कुकुरलाई चढाएर खानु भनेको हुनाले यो धर्म बैज्ञानिक छ।किनकी हिटलर जस्तोले आफ्नु खाना चाख्ने मान्छे {food tasteir. }राखेको थियो।त्यो खान चाख्ने मानिसले पनि पूर्वीय दर्शन पढेको हुनाले पकाएको खाना पहिला काग र कुकुरलाई दिने गर्दथ्यो अनि पछि आफु खाने गर्दथ्यो।यो कुरा हिटलरले थाहा पाएपछि उसलाई सोध्यो यो काग र कुकुरलाई किन दिएको भन्दा उसले भन्यो यदि खाना पकाउने मानिसले हजुरले खाने खानामा बिस हालेको रहेछ भने मैले पहिला खाना खाँदा म मर्नेछु।त्यहि भएर पहिला काग र कुकुरलाई खाना दिएको हुँ।यसरि दिंदा पहिला काग र कुकुरत मर्ने भए र आफु बाँचिने भइयो भन्दा हिटलर भन्छ यो ज्ञान तैंले कहाँबाट पाइस भन्दा खाना चाख्ने मान्छे भन्छ पूर्वीय दर्शनबाट भन्दा अनि हिटलरले पनि पूर्वीय दर्शनलाई मानेको थियो।एकापटि काग र कुकुरलाई चढाएको पनि हुने {धार्मिक दृष्टिले}अर्कोतर्फ आफु पनि बचिने {बैज्ञानिक दृष्टिले}त्यसैले काग र कुकुरलाई चढाएर खानु पर्दछ।

कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ ।काग अत्यन्त चलाख पक्षी हो ।काग सर्वभक्षी प्राणी हो ।यसको पूजा गर्नुका विभिन्न कारण छन् ।कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ ।फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्नुका साथै भूकम्प वा कुनै दैवी विपत्ति आउँदा पहिले थाहा पाउने काग ग्रहण लागेका बेला कराउने गरेको छ ।कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ ।काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो ।त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।

कुकुर तिहार रधार्मिक मान्यता र महत्व भएकोले यो दिन यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ ।यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई मृत्युको पुत्र यमराजको सेवक यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त हो ।कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ ।कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ ।त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं ।यो दिन बिहान सबैरै उठी नुहाईधुवाई गरी पवित्र नदीमा बत्ती बालेर बगाउने चलन छ । नरक जान नपरोस् भन्ने उद्देश्यका साथ यमराजको पूजा गरी नदीमा बत्ती बगाइने हुनाले यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।वैवस्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्णका तिमी दुई कुकुरलाई म अन्न दिन्छु।तिमीहरू मेरो बाटोलाई रक्षा गरिदेउ भनिन्छ।कुकुरलाई इमान्दार पशु मानिन्छ। मानिसले आफू जंगली अवस्थामै रहँदादेखि कुकुर पाल्न थालेको विश्वास गरिन्छ।सिकारदेखि घरको सुरक्षा गर्ने काम होस् वा विभिन्न तरिकाले मनोरञ्जन प्रदान गरेर कुकुरले मानिसलाई साथ दिँदै आएको छ।

यही गुणको कदर गरेर मानिसले कुकुरप्रति सम्मान गर्दै वर्षको एकदिन भए पनि कुकुरको पूजा गर्न थालेका हुन्।हाम्रा पौराणिक गाथाहरूमा पनि कुकुरसँग जोडिएका अनेकौं प्रसङ्ग छन्। वेदमा देवकुकुर्नी शरमाले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ।यस्तै अर्को पौराणिक प्रसङ्गमा यिनका छाउराहरूलाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसंग छ। यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा एउटा कुकुर साथै गएको तथा अन्तिममा युधिष्ठिरसित ऊ पनि स्वर्ग पुगेको कथा छ। उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूप बताइएको छ। कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ।यस दिन मासको पात खाने चलन छ। लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसका सबै पाप नाश हुन्छन्। त्यसैगरी यस दिन सबै पाप नाश गर्न तथा नरकलाई प्रसन्न पार्न नर्के नुहाइन्छ।नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो तापिन्छ।यसो गर्दा नरकमा जानु पर्दैन भन्ने मान्यता छ।
पं बालमुकुन्द देवकोटा



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19healthLockdowntechnology
Comments (0)
Add Comment