टी–ट्वान्टी विश्वकप : इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश

१६ कार्तिक, काठमाडौं । लगातार चार खेलमा जित निकाल्दै इङ्ल्यान्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । जोस बट्लरले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेको खेलमा इङ्ल्यान्डले २६ रनको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

विश्वकपको यो संस्करणमा सेमिफाइनलमा स्थान बनाउने इङ्ल्यान्ड पहिलो टोली बनेको छ ।

इङ्ल्यान्डले दिएको १६४ रनको लक्ष्य श्रीलंकाले १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३७ रन बनायो ।

श्रीलंकाका लागि वानिन्दु हर्शरंगाले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै भानुका राजप्रकाशा र धनुशा शंकाले समान २६–२६ रनको योगदान गरे ।

बलिङतर्फ इङ्ल्यान्डका लागि मोइन अली, आदिल राशिद र क्रिस जोर्डानले समान दुई–दुई विकेट लिए ।

सारझाँ क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डका बट्लरले ६७ बलमा ६ चौका र ६ छक्काको सहयोगमा १०१ रन बनाउँदा इङ्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रन बनायो । इङ्ल्यान्डका लागि वइन मार्गानले ४० रनको योगदान गरे ।

श्रीलंकाका लागि वानिन्दु हर्शरंगाले सर्वाधिक ३ विकेट लिए ।

त्यस्तै दुश्मान्थ चामेराले १ विकेट लिए । इङ्ल्यान्ड आजको खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

इङ्ल्यान्डले ४ खेलबाट ८ अंक जोडेको छ । समूह ‘ए’को इङ्ल्यान्ड शीर्ष स्थानमा छ । समूहको दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका ४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownNewsPolitictechnology
Comments (0)
Add Comment