टी–२० विश्वकप क्रिकेट : न्यूजिल्याण्डद्वारा भारत ८ विकेटले पराजित

१५ कार्तिक, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ ।भारतले दिएको १११ रनको लक्ष्य न्यूजिल्याण्डले १५ औं ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा न्युजिल्यान्डले सुरुदेखि नै अग्रता लिएको थियो । उत्कृष्ट ब्याटिङका ​​कारण न्युजिल्यान्डले भारतलाई सजिलै पराजित गरे ।

१११ रनको लक्ष्य पछ्याउँदै न्यूजिल्याण्डका लागि डेरिल मिचेलले सर्वाधिक ४९ रन बनाए । केन विलियम्सनले नटआउट ३३ र मार्टिन गुप्टिलले २० रनको योगदान दिए ।

भारतका लागि जसप्रित बुमराहले दुई विकेट लिए । टस जितेर ब्याटिङ गरेको भारतीय टोलीले न्यूजिल्याण्डलाई १११ रनको लक्ष्य दिएको थियो । १११ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमा लक्ष्य पूरा गर्‍यो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment