३७६ जना नयाँ सङ्क्रमति थपिए, आठ जनाको मृत्यु

१४ कार्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार ७३१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार १६८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.४ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५१८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४०७ पुगेको छ ।

त्यस्तै नेपालमा हाल नौ हजार ३७६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३८ हजार ८१५ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarFacebookhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment