बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न इजलास फर्किनेबारे न्यायाधीशबीच छलफल हुँदै

१४ कार्तिक, काठमाडाैँ । सर्वोच्च अदालतका ‘विद्रोही’ न्यायाधीशहरुबीच बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दा (रिट)को सुनुवाइ गर्ने विषयमा छलफल सुरु भएको छ।

न्यायाधीशहरुको आन्दोलनका कारण संकटकालमा समेत नरोकिएको बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दाको सुनुवाइ रोकिएको भन्दै विरोध भएपछि न्यायाधीशहरुबीच छलफलमा जुटेका हुन्।यसअघि शुक्रबार पनि यस विषयमा न्यायाधीशहरुबीच छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन।

प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले कार्यपालिका प्रमुखसँग भागबण्डा गरेको, आफूविरुद्धको मुद्दाको सुनुवाइ रोकेको तथा मुद्दाको पेसीमा नियत राखेको भन्दै सर्वोच्च अदालतका १५ जना न्यायाधीश आन्दोलित छन्। १५ जना न्यायाधीशलाई सर्वोच्चमा अहिले हाजिर नभएका अरु न्यायाधीशले पनि साथ दिँदै आएका छन्।

‘आन्दोलन’मा रहेका न्यायाधीशहरुले गत आइतबारको चिया समयपछि नै मुद्दा हेरेका छैनन्। आइतबार चिया समय अगाडि इजलासमा बसेका उनीहरु त्यसपछि इजलास बहिस्कार गर्दै छुट्टै छलफलमा सहभागी हुँदै आएका छन्।

न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरालाई भेटेरै राजीनामा दिन समेत माग गरेका छन्। प्रधानन्यायाधीश राणाले भने राजीनामा नदिने अडान राख्दै आएका छन्।

बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दाको सुनुवाइ गर्ने कि भनेर छलफल चलिरहेको सहभागी एक न्यायाधीशले बताए। यसबारे कुने निणर्य भने भइनसकेको उनको भनाइ छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarFacebookLawnepalNewsPolitictechnology
Comments (0)
Add Comment