टी-२० विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित

१३ कार्तिक, काठमाडौं । आबर आजमको अर्धशतक र आसिफ अलीको विष्फोटक ब्याटिङमा पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ ।

आसिफ अलीले १९औं ओभरमा चार छक्का प्रहार गरेपछि पाकिस्तानले शुक्रबार भएको खेलमा अफनिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

सुपर १२ अन्तर्गत ग्रुप २ मा रहेको पाकिस्तान ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पाकिस्तानले अब दुई एसोसिएट राष्ट्र नामिबिया र स्कटल्याण्डसंग खेल्न बाँकी छ । पहिलो हार बेहोरेको अफगानिस्तानको २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ ।

अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्‍यो । अन्तिम दुई ओभरमा जितका लागि पाकिस्तानलाई २४ रन आवश्यक थियो । १९औं ओभर अफगानिस्तानका करिम जन्नतले गरेका थिए । जसमा आसिफ अलीले चार छक्का प्रहार गरेपछि पाकिस्तानले एक ओभर अगावै खेल जित्यो ।

अलीले ७ बल खेल्दै ४ छक्का मद्दतमा अविजित २७ रन बनाए । पाकिस्तानका लागि कप्तान बाबरले ५१ रन बनाए । यस्तै फकर जमनले ३० र सोएब मल्लिकले १९ रन बनाए ।

अफगानिस्तानका रासिद खानले २ तथा मुजिब उर रहमान, मोहम्मद नावी र नभिन उल हकले समान एक विकेट लिए ।

त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । कप्तान नावी र गुल्बादिन नैवले इनिङ्सको अन्त्यतिर उत्कृष्ट ब्याटिङ गरेपछि अफगानिस्तानले मध्यम स्कोर बनाएको थियो । अफगानिस्तानले अन्तिम तीन ओभरमा ४३ रन जोडेको थियो ।

कप्तान नावीले ३२ बल खेल्दै ५ चौका मद्दतमा अविजित ३५ रन बनाए । यस्तै २५ बल खेलेका नैवले ४ चौका र १ छक्का मद्दतमा अविजित ३५ रननै बनाए । यी दुईले सातौं विकेटका लागि अविजित ७१ रनको साझेदारी गरे । पाकिस्तानका इमाद वासिमले २ तथा शाहीन शाह अफ्रिदी, हारिस राउफ, हसन अली र शदाब खानले समान १ विकेट लिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Cricketdigital khabarhealthLockdownnepalNewsPakistanPoliticT20technology
Comments (0)
Add Comment