आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा वेस्ट इन्डिजको जित

१२ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ ।

सारजाहमा शुक्रबार भएको खेलमा बंगलादेशलाई ३ रनले हराउँदै वेस्ट इन्डिजले पहिलो जित निकालेको हो । वेस्ट इन्डिजले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका लिटोन दासले सर्वाधिक ४४ रन बनाए । कप्तान महमुदउल्लाहले अविजित ३१ रन बनाए । सौम्य सरकार र मोहमद नाइमले १७/१७ रन जोडे । वेस्ट इन्डिजका रबि रामपाल, ड्वाने ब्राभो, जासन होल्डर,आन्द्रे रसेल र अकिल होसेनले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

वेस्ट इन्डिजका निकोलस पुरनले ४० रन बनाए । रोस्टन चेसले ३९ रन जोड्दा जासन होल्डरले अविजित १५ रन बनाए । कप्तान केइरन पोलार्ड १४ रनमा आउट भए ।

बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २/२ विकेट लिए ।

जितसँगै वेस्ट इन्डिजले ३ खेलमा २ अंक जोडेको छ। समूह १ को वेस्ट इन्डिज पाँचौ स्थानमा रहेको छ ।बंगलादेशले लगातार तेस्रो हार व्यहोरेको छ । अंक विहीन बंगलादेश पुछारमा रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment