हिमानी कानको र बुलेट फ्लोको सहकार्यमा ‘जेनेरेसन’ सार्वजनिक ( भिडियो )

१२ कार्तिक, काठमाडौं । आजको युवा पुस्ताको जीवनशैली र भविष्यको चाहानालाई समेटेर तयार पारिएको ‘जेनेरेसन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा अस्ट्रेलियाको ब्रिस्बेन निवासी गायिका हिमानी कानको स्वर र चर्चित र्यापर बुलेट फ्लोको र्याप समावेश छ। गीतमा महेश ज्ञवालीको शब्द संगीत रहेको छ भने विशाल पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का, लोशिना लामिछाने , सोनिया महत , प्रिन्शिका श्रेष्ठ र अलिशा श्रेष्ठ को अभिनय रहेको छ।

सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। विकाश दाहालले सम्पादन गरेको भिडियोलाई भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो। आरोन कान निर्माता रहेको भिडियोलाई ब्ल्याक आइ क्रियसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो :



मल्टिमिडिया ग्यालरी

Bullet FlobusinessCoronavirusCovid-19digital khabarhealthHimani KanLockdownMusic VideosnepalNewsPoliticSongtechnologyUSHA
Comments (0)
Add Comment