वार्नरको अर्धशतकमा अस्ट्रेलियाको लगातार दोस्रो जित

१२ कार्तिक, काठमाडौं । डेभिड वार्नर र अरोन फिन्चले ७० रनको साझेदारी कारण अस्ट्रेलियाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

कुशल परेरा र चरितथा अश्लंकाले समान ३५–३५ रन बनाउँदा श्रीलंकाले दिएको १५५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर १५५ रन बनायो ।

४२ बल खेलेको वार्नरले १० चौका प्रहार गर्दै ६५ रनको अर्धशतकीय पारी खेल्दा अस्ट्रेलियाले ७ विकेटको जित निकाल्यो । अरोन फिन्चले ३७ रन बनाए । त्यस्तै स्टिभ स्मिथले २८ रन बनाउँदा मार्कुस स्टोइनिसले १६ रन बनाए ।

बलिङतर्फ श्रीलंकाका लागि वानिन्दु हर्शरंगाले २ विकेट लिँदा दाशुन शंखाले १ विकेट लिए । प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

श्रीलंकाका लागि भानुका राजापाकासले ३३ रन बनाउँदा धासुन संकाले १२ रनको योगदान गरे । त्यसबाहेकका ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ अस्ट्रेलियाका लागि मिचेल स्टार्क, प्याट कमिन्स र आदम जाम्पाले समान दुई–दुई विकेट लिए ।

जितसँगै समूह ‘ए’मा रहेको अस्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । अस्ट्रेलिया समूहको दोस्रो स्थानमा छ ।

पराजित श्रीलंका २ खेलबाट २ अंक जोडेर समूहको चौथो स्थानमा छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Cricketdigital khabarLockdownnepalPoliticsportstechnology
Comments (0)
Add Comment