बिरामी जाँच अस्पतालमा, औषधि मेडिकलबाट

११ कात्तिक, जाजरकोट । स्वास्थ्य सेवा कार्यालयबाट ७२ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था भए पनि डोल्पाका स्वास्थ्य सेवा कार्यालयमा औषधि नहुँदा समस्या हुँदै गएको छ । औषधि बिक्री गर्न स्थापना गरिएको फार्मेसीमा समेत औषधि नहुँदा रित्तो भएको फार्मेसी व्यवस्थापनले जनाएको छ । हिमाली जिल्लामध्येमा पर्ने डोल्पामा मुस्किलले ३५ देखि ४० प्रकारका औषधि पाइए पनि अहिले सोही औषधि नपाउँदा अस्पतालमा जाँच गरी निजी औषधि पसलबाट बिरामीले औषधि किन्ने गरेका छन् ।

दैनिक दर्जनौँ बिरामी आउने गर्छन्, सबैले अस्पतालमा औषधि नहुँदा बजार गई किनेर ल्याउने गरेको बिरामीका आफन्त कुमार केसीले बताउनुभयो । उहाँले भन्नुभयो, मैले त सबै औषधि निःशुल्क अस्पतालमै पाइन्छ भन्ने सुनेको थिए, तर सबै औषधि बाहिर किन्नुप¥यो, अस्पतालको फार्मेसीमा समेत औषधि पाइएन ।” स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल एउटैले व्यवस्थापन गर्दै आएका कारण अहिले स्वास्थ्य सेवा कार्यालयकै मातहतमा रहेको छ । आर्थिक वर्ष २०७८-०८९ मा नियमित स्वास्थ्य कार्यालयले खरिद गर्ने औषधि खरिद नगरेको पाइएको छ ।

कर्णाली प्रदेश सरकारको मताहतमा कर्णालीका १० जिल्लाका स्वास्थ्य सेवा कार्यालय छन् । स्वास्थ्य सेवा कार्यालयका डाक्टर अखण्ड उपाध्यायले दिएको जानकारीअनुसार औषधिको अभावमा उपचारमा सास्ती भएको छ । औषधि नहुँदा नसाबाट आषधि दिने बिरामीलाई सबैभन्दा बढी सास्ती भएको छ, उहाँले भन्नुभयो, औषधि छैन बजारबाट किनेर ल्याउनुहोस् भन्दा हामीसँग बिरामी रिसाउनुहुन्छ, हामी मेडिकलमै उपचार गर्छौं उसो भएभन्दै फर्कनुहुन्छ ।

एक्सरे सेवासमेत प्रभावकारी नहुँदा दैनिक समस्या हुँदै आएको छ । एक्सरेको प्रिन्टरमा खराबी आउँदा हेर्न मिल्ने तर पेपर प्रिन्ट गर्न नमिल्ने उहाँले बताउनुभयो । सामान्य खालको रगत मात्र ल्याबमा जाँच हुने गरेको छ । कीटको अभावमा सबै खालको परीक्षण गर्न नपाइएको चिकित्सकले बताएका छन् । कार्यालयमा जनशक्ति नै नहुँदा काम गर्नसमेत अप्ठ्यारो हुँदै आएको प्रशासनले जनाएको छ ।

स्वास्थ्य बीमा गरेका बिरामीले समेत फार्मेसीबाट औषधि लिन नपाउँदा अर्को समस्या थपिएको बिरामी बताउँछन् । स्थानीय तहमा समेत औषधि स्वास्थ्य सेवा कार्यालयले पठाउन नसकेको बताएको छ । सिटामोलबाहेक अन्य औषधि नहुँदा उपचारमा सास्ती भोग्दै आएको चिकित्सक बताउँछन् ।

विशेषज्ञसहित नौ चिकित्सक भएको डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा अहिले पाँच करारका चिकित्सकको भरमा छ । दरबन्दीमा एक नर्सबाहेक सबै करारमा छन् । करारमा कार्यरत नर्सको नवीकरणसमेत नगरिएकाले काम गर्न मुस्किल हुँदै आएको छ । जनशक्ति, औषधि र भौतिक संरचनाकै अभावले काम गर्न मुस्किल हुँदै आएको पाइएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख अमरसिंह शाहीले नयाँ औषधि खरिद नगरिएको बताउनुभयो । “नयाँ औषधि ल्याइएको पनि छैन, भनेको सबै औषधि पनि डोल्पामा पु¥याउन सकिँदैन कुरा यही हो”, उहाँले भन्नुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthHospitalmedicalMedicineNepali NewsRain
Comments (0)
Add Comment