ग्यास लिक हुँदा घरमा आगलागी

०९ कात्तिक, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ । आज दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19DeathdigitalkhabarhealthNepali NewsRain
Comments (0)
Add Comment