जिम्न्याष्टिक टोलीको बिदाइ

०८ कात्तिक, काठमाडौं । पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ ।

अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष÷महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल जिम्न्याष्टिक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् ।
सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिंकी झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धर रहेका छन् । जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपिन दोङ छन् । प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान वज्राचार्य छन् । अफिसियलमा सुनिलमान सिं, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशिलप्रकाश प्रधान रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

मनीष र रोनिशा पहिलो


मनीष खरेल र रोनिशा महर्जन प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । सिंगल्सको पुरुषमा मनीष तथा महिलामा रोनिशाले स्वर्ण जितेका हुन् ।


पुरुषमा आरिस महर्जन दोश्रो तथा सुमन शाक्य र जयराम महर्जन तेश्रो भए । महिलामा मनीता सुनुवार दोश्रो तथा सनी अवाले र सुरम्या शाक्य तेश्रो भए ।


गोड स्पिन टेबलटेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष एकल ६० वर्षमाथि भेट्रानमा जगदिश्वर जोशीले स्वर्ण, उदयमोहन श्रेष्ठले रजत तथा रोशन प्रधान र खगेन्द्र ढकालले कांस्य जिते । ४० वर्षमाथि जयराम महर्जन प्रथम, उमेश मानन्धर द्वितीय तथा नरेश रावल र ज्ञानेश्वर महर्जन तृतीय बने । ५० वर्षमाथि किरण व्यञ्जन्कार, नदिम शाक्य तथा प्रकाश धाख्वा र किरणमुनि वज्राचार्य क्रमशः शीर्ष तीन स्थानमा रहे ।


महिला एकल भेट्रानमा इन्दिरा पराजुली पहिलो, सविता बस्नेत केसी दोश्रो तथा मन्दिरा शाक्य र सम्झना पोखरेल शाह तेश्रो भए । पुरुष डबल्समा शीर्ष तीन स्थान हात पार्नेमा सुभन शाह र समिर श्रेष्ठ, मनीष खरेल र प्रवीण श्रेष्ठ तथा सुमन शाक्य र आरिस महर्जन÷जयराम महर्जन र निकेश जोशीको जोडी रहे । विजेतालाई ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPolitic
Comments (0)
Add Comment