बंगलादेशमाथि श्रीलंकाको जित

०७ कात्तिक, काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको छ ।

सारजाहमा आइतबार भएको खेलमा श्रीलंकाले बंगलादेशमाथि ५ विकेटको जित निकालेको हो ।

बंगलादेशले दिएको १ सय ७२ रनको लक्ष्य श्रीलंकाले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा चारिथ असलन्काले अविजित रहदै ८० रनको अर्धशतकीय इनिङ्स खेले ।

भानुका राजपाक्षेले ५२ रनको अर्धशतकीय इनिङ्स पाथुम निशन्काले २४ रन बनाए । बंगलादेशका नासुम अहमेद र शकिब अल हसनले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । बंगलादेशका मोहमद नाइमले ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

मुस्फिकर रहिमले अविजित रहदै ५२ रन बनाए ।

यस जितसँगै समूह १ को श्रीलंकाले २ अंक जोडेको छ । श्रीलंका समूहको दोस्रो स्थानमा रहेको छ । बंगलादेश पाँचौं स्थानमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment