गम्भीर दुव्र्यवहार उपर कार्वाही प्रक्रियालाई समर्थन : अराजकता नियन्त्रण सम्बन्धित संस्थाको जिम्मेवारी, राज्यको कठोर कर्तव्य : नेपाली कांग्रेस

०६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहा माथि गम्भीर दुव्र्यवहार गर्ने उपर कार्वाही प्रक्रियालाई समर्थन जनाएको छ । अराजकता नियन्त्रण सम्बन्धित संस्थाको जिम्मेवारी, राज्यको कठोर कर्तव्य रहेको नेपाली कांग्रेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहा माथि गम्भीर दुव्र्यवहार गर्ने दोषीलाई कानुनी कार्वाही गर्न सरकारले अघि बढाएको प्रक्रियालाई नेपाली कांग्रेस स्वागत गर्दछ । राजनीतिमा, प्रशासनमा र समग्र समाजमा रहेका बेथिति विरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजि गर्नु हामी सबैको कर्तव्य हो । तर कानुन हातमा लिने, बलजफ्ती र हुल हुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन सक्दैन । यस्तो घटना आपत्तिजनक र निन्दनीयसँगै कडा कार्वाहीको बिषय बन्ने नेपाली कांग्रेसका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले बताउनुभयो ।

जनकपुरको घटनाबाट नेपाली इन्जिनियरहरु, कर्मचारीहरु र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको छ । सहकर्मी उपर गम्भीर दुव्र्यवहार हुँदा इन्जिनियरहरु आक्रोशित र आन्दोलित हुनु स्वभाविक छ ।

शुरु कानुनी कार्वाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास हामीले लिएका छौं । शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक र सदस्यलाई तदनुकुलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने स्मरण पनि हामी गराउँदछौं ।

हुलहुज्जतको बाटो समुन्नत समाजमा पुग्न सकिन्न । हरेक दल, नेतृत्व, सदस्य, समर्थक र हरेक नागरिकले यसलाई गहिरो आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेपाली कांग्रेस थप सजगता र कडाइका लागि सरकारलाई अपील गर्दछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment