टि-२० विश्वकप : सुपर १२ का खेल आजबाट

०६ कार्तिक, एजेन्सी । टीट्वेन्टी विश्वकप क्रिकेटमा शनिबारबाट सुपर १२ का खेलहरु सञ्चालन हुँदैछ।

संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा आयोजना भइरहेको आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा सुपर १२ अन्तर्गत आज समूह ‘ए’ का दुई खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा सुरु हुनेछ ।

सुपर १२ मा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र बंगालदेश छन्। त्यस्तै समूह ‘बी’मा भारत, अफगानिस्तान, पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्यान्ड र नामिबिया छन्।

सुपर १२ अन्तर्गत आज समूह ‘ए’का खेल सञ्चालन हुनेछन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment