यथास्थितीमा एमसीसी पास हुनसक्दैन : परराष्ट्रमन्त्री खड्का

०६ कार्तिक, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले यथास्थितीमा अमेरिकी अनुदान सम्झौता (एमसीसी) अनुमोदन हुन नसक्ने बताएका छन् ।

शनिबार बिराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा सबै दल र पक्षको साझा सहमतीपछि मात्र एमसीसी पास हुने बताए । सहमती जुटाउन प्रयत्न भैरहेको समेत उनले बताए ।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई पास गर्नुपर्ने बताउँदै केही पक्षले बखेडा झिक्ने प्रयास गरिरहेको बताएका थिए । त्यसको केही दिनमै परराष्ट्रमन्त्रीको यस्तो भनाइ आएको हो ।

सो पत्रकार भेटघाटमा मन्त्री खड्काले अर्ली इलेक्सनको सम्भावना समेत नरहेको बताए । सत्तारुढ गठबन्धनको सहमतीपछि मात्र अर्ली इलेक्सनबारे टुंगो लाग्ने उनले बताए ।

प्रदेश १ सरकारको नेतृत्व कांग्रेसले गर्ने सम्भावना रहेको बताउँदै उनले प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जानुअघि नै प्रदेश सरकारको नेतृत्वको टुंगो लाग्ने जनाए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

#NarayanKhadkabusinessCoronavirusCovid-19digital khabarDr Narayan KhadkahealthLockdownNarayan KhadkanepalNewsPolitictechnology
Comments (0)
Add Comment