हिमानी ट्रष्टकाे दसैँ तिहार शुभकामना कार्यक्रममा कलाकारको लर्को (फोटो फिचर)

०६ कार्तिक, काठमाडौं । सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो । कलाकार त्यसरी एकसाथ भेला हुने अवसर भने ‘हिमानी ट्रस्ट’ले जुराइदिएको हो । हिमानी ट्रष्टले दसैँ तिहार शुभकामना कार्यक्रमको आयोजना गरेकाे हाे । पूर्व युवराज्ञी हिमानी शाहद्दारा स्थापित हिमानी ट्रष्टले शुक्रबार साँझ शोल्टि होटलमा दसैँ तिहार शुभकामना कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व राजकुमार पारश तथा पूर्व युवराज्ञी हिमानी शाहसहित पूर्व राज परिवारका विशिष्ट सदस्यसहित नेपालका कहलिएका केही कलाकार, साहित्यकार तथा पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी भएका तस्बिरहरु विभिन्न कलाकारहरुले सामाजिक संजाल फेसबुकमा सार्वजनिक गर्दै कार्यक्रममा सरिक हुन पाउँदा खुसी लागेको बताएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`

तस्बिर : सामाजिक संजाल



मल्टिमिडिया ग्यालरी

#himanitrustbusinessCoronavirusCovid-19digital khabarhealthHimani TrustHotel SolteeLockdownnepaltechnology
Comments (0)
Add Comment