कर्णाली प्रभावितका लागि दीर्घकालिन राहत कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

०५ कात्तिक, टीकापुर । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली नदीको बाढीबाट प्रभावित नागरिकका लागि तत्काल राहात कार्यक्रम सञ्चालन गर्ने र हरेक वर्ष आउने बाढीबाट मुक्ति पाउन दूरगामी महत्वको दीर्घकालीन कार्यक्रम बनाउने बताउनुभएको छ ।

बाढीप्रभावित क्षेत्र निरीक्षणका क्रममा शुक्रबार बाढीप्रभावित क्षेत्र कैलालीको टीकापुर पुग्नु भएका प्रधानमन्त्री देउवाले यसपटकको बाढीले सबैभन्दा बढी नोक्सानी भएको क्षेत्रमध्ये टीकापुर पनि भएको चर्चा गर्नुभयो । बढी क्षति भएको क्षेत्रकै कारण अर्थमन्त्री जनार्दन शर्मा र पर्यटन मन्त्रीसहित प्रत्यक्ष रुपमा हेर्न आएको पनि उहाँले चर्चा गर्नुभयो ।

‘हेलिकप्टरबाट पनि देखिन्थ्यो तर दुःखकोबेला जनतासँग प्रत्यक्ष भेटन यहाँ आएका हौं’ प्रधानमन्त्री देउवाले भन्न्ुभयो, ‘बास्तबिक कुरा थाहा पनि पायौं, काठमाडौंबाट आउनुअघि पनि केही राहतका कार्यक्रम दिएका छौं, फर्केर काठमाडौं पुगेपछि दीर्घकालीन कार्यक्रम र योजना बनाउनेछौं ।’

प्रधानमन्त्रीको निरीक्षण भ्रमण कार्यक्रममा सुदूरपश्चि प्रदेश सभा सदस्य तथा काँगे्रस संसदीय दलका नेता डा. रणबहादुर रावलले कर्णालीको बाढीबाट खाद्यान्न र घरबारविहीन भएकालाई राहात उपलब्ध गराउने बताउनुभयो । नदीले बगाएको हुलाकी सडक, शाहीपुर लगायतका क्षेत्रमा बगेको तटवन्ध जेठभित्रै सम्पन्न हुनेगरी निर्माण पूरा गर्न निर्देशनका लागि प्रधानमन्त्रीलाई उहाँले अनुरोध गर्नुभयो ।

यसैगरी स्थानीय किसान मानबहादुर चौधरीले २०४० सालको बाढीपछि कर्णाली नदीको सतह नै अग्लिएको र वर्षेनी बाढीले समस्या पार्न थालेको जानकारी गराउनुभयो । रानी–जमरा कुलरिया सिचाई आयोजनाबाट यस क्षेत्रमा तटबन्ध भैरहे पनि वर्षेनी निर्माणाधीन, बनेका तटबन्ध पनि भत्काएर कर्णालीको पानी गाउँ पस्नेगरेको छ ।

यस वर्ष कात्तिक २ गते कर्णालीमा आएको बाढीले टीकापुर नगरपालिकाको ५ शाहीपुरमा निर्माणाधीन तटबन्ध बगेको छ ।

प्रधानमन्त्री देउवालाई टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बाढीबाट एक हजार ५९६ परिवार विस्थापित भएको जानकारी गराउनुभयो । त्यस्तै, दुई हजार ३४५ परिवार प्रभावित र आठ हजार २१४ जना विद्यालय, सडक छेउ र आफन्तकहाँ आश्रय लिएर बसिरहेकाले तत्कालिन र दीर्घकालीन राहत, सहयोग कार्यक्रम दिन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो ।

यस्तै काँगे्रसका नगरसभापति धनराज उपाध्याय, नेकपा (एमाले) का स्थानीय नेता मिनबहादुर कठायत, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष खडक शाह, मुक्त कमैंया बाबूराम चौधरी, समाजसेवी लक्ष्मणकिशोर चौधरीले प्रधानमन्त्रीलाई आफ्नोतर्फबाट ज्ञापनपत्र बुझाउनुभयो । प्रधानमन्त्री देउवाले कैलालीको जानकी गाउँपालिका ९ खैरिफाँटा, भजनी नगरपालिका ७ चर्चा लगायतका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthNepali NewsRain
Comments (0)
Add Comment